You are viewing the translated version of जीवनाशक विषादीको अवशेष विश्लेषणका लागि नमूना सङ्कलन गर्न सक्ने.

Rule 28
जीवनाशक विषादीको अवशेष विश्लेषणका लागि नमूना सङ्कलन गर्न सक्ने
(१) ऐनको दफा २५.को उपदफा

(१) को खण्ड (ङ) बमोजिम निरीक्षकले जीवनाशक विषादी प्रयोग भएको तरकारी, फलफूल लगायतका खाद्य वस्तुमा रहेको जीवनाशक विषादीको अवशेषका सम्बन्धमा जानकारी लिन तथा विश्लेषण गर्नका लागि अनुसूची-१५ बमोजिमको ढाँचामा विवरण सहित जीवनांशक विषादीको अवशेषको सम्बन्धमा नमूना सङ्कलन.गर्न सक्नेछ।

(२) उपनियम (१): बमोजिम सङ्कलन गरिएको नमूनामा जीवनाशक विषादीको अवशेष विश्लेषणका लागि मन्त्रालयले तोकेको जीवनाशक विषादी अवशेष विश्लेषण सम्बन्धी कार्य गर्ने प्रयोगशालामा पठाउनु पर्नेछ।

(३) उपनियम-(१) बमोजिम प्राप्त नमूना सम्बन्धित प्रयोगशालाले परीक्षण तथा विश्लेषण गरी सोको प्रतिवेदन केन्द्र र सम्बन्धित निरीक्षकलाई उपलब्ध गराउनु पर्नेछ।

(४) उपनियम (३) बमोजिम प्राप्त प्रतिवेदन केन्द्रले उपयुक्त माध्यम-र विधिबाट सार्वजनिक गर्नु पर्नेछ ।